समाज


वैज्ञानिकले बनाए क्षणभरमै कोरोना मार्ने यस्ताे उपकरण, महामारीविरुद्धकाे लडाइँमा महत्वपूर्ण हतियार बन्ने अपेक्षा

वैज्ञानिकले बनाए क्षणभरमै कोरोना मार्ने यस्ताे उपकरण, महामारीविरुद्धकाे लडाइँमा महत्वपूर्ण हतियार बन्ने अपेक्षा

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ३:२५,

अमेरिकाका वैज्ञानिकले क्षणभरमै कोरोना भाइरस मार्न सक्ने उपकरण बनाएका छन्।

डेलिमेल अलनाइनका अनुसार अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले ३० सेकेन्डभन्दा कम समयमै कोरोना मार्न सक्ने ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएका हुन्।

थ्रिडी प्रिन्टरबाट प्रेसर प्लाज्मा जेटको स्प्रे बनाइएको हो र त्यसको प्रयोग सफल भएको अनुसन्धानकर्ताले दाबी गरेका छन्।

यो प्लाज्मा जेटले धातु, छाला र प्लास्टिकको सतहमा रहेका कोरोनालाई ३० सेकेन्डभित्रै मार्न सक्ने वैज्ञानिकले बताएका छन्। अब यो उपकरण कोरोनाविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण हतियार हुने अपेक्षा गरिएको छ।

‘फिजिक्स अफ फ्लुड्स’मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार यो स्प्रे मास्कमा पनि प्रयोग गरी हेर्दा उसैगरी भाइरस मार्न सक्ने पाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad