समाज


कलंकीमा रोकिराखेको ट्रकमा मिनीट्रक ठोक्किँदा चालकसहित ३ जनाको मृत्यु, सहचालकले चलाएका थिए गाडी

कलंकीमा रोकिराखेको ट्रकमा मिनीट्रक ठोक्किँदा चालकसहित ३ जनाको मृत्यु, सहचालकले चलाएका थिए गाडी

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ०:४७,

काठमाडौंको कलंकीमा आज (बिहीबार) बिहान रोकिराखेको ट्रकमा मिनीट्रक ठोक्किँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी अपिलराज बोहराले दिएको जानकारीअनुसार मकालु पेट्रोल पम्पछेउ रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको मिनी ट्रकले बिहीबार बिहान ३:२५ बजेतिर ठक्कर दिएको हो।

truck

दुर्घटनामा मिनीट्रकका चालक नुवाकोटको सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, साेही ट्रकमा सवार नुवाकोटकै तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र तारकेश्वरकै २७ वर्षीय भूपेन्द्र तामाङको मृत्यु भएको हो।

यस्तै सोही ट्रकमा सवार तारकेश्वरका २२ वर्षीय विजय तामाङ गम्भीर घाइते छन्। उनी बोल्ने अवस्थामा भने रहेकाे प्रहरीले जनाएकाे छ। 

उनको अहिले कलंकीस्थित सहिद मेमोरियल अस्पतलमा उपचार भइरहेको डीएसपी बोहराले जानकारी दिए।

ती तीन जनाको पनि सोही अस्पतालमा उपचारका क्रममा बिहान साढे ४ बजेतिर मृत्यु भएको उनले बताए।

‘मिनीट्रक सहचालकलाई चलाउन दिएर चालक बसेका रहेछन्,’ डीएसपी बोहराले नेपालखबरसँग बिहीबार बिहान भने, ‘सहचालककाे हँकाइ र तीव्र गतिका कारण दुर्घटना भएकाे अनुमान छ।’

मिनीट्रक चलाउने सहचालक नुवाकोटकै दुप्तेश्वर गाउँपालिका ७ का २१ वर्षीय रोमन तामाङलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

मिनीट्रकले कुखुरा बोकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad