खेल


कोहलीको बैंग्लोरलाई हराउदै शीर्ष चारमा पुग्यो हैदरावाद, प्लेअफ होड रोमाञ्चक

कोहलीको बैंग्लोरलाई हराउदै शीर्ष चारमा पुग्यो हैदरावाद, प्लेअफ होड रोमाञ्चक

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १:४६,

बिराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग(आइपीएल)मा महत्वपूर्ण दुई अंक जोडेको छ।

गर या मरको खेलमा जितको साथ हैदरावाद चौथो स्थानमा उक्लिएको छ र उसले प्लेअफ होड खुला गरिदिएको छ।

बैंग्लोरलाई १२० रनमै रोकेको हैदरावादले १४.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटाएको थियो।

ऋद्धिमान साहले ३२ बलमा ४ चौका र १ छक्कासहित ३९ तथा मयांक पाण्डेले १९ बलमा ३ चौका र एक छक्कासहित २६ रन जोडे।

यस्तै जोसन होल्डरले १० बलमा ३ छक्का र एक चौकासहित २६ रन जोड्दै हैदरावादलाई जित दिलाए।

त्यसअघि जोस फिलिप्पे ३२, एबी डिभिलियर्सले २४, वासिंगटन सुन्दरले २१ र गुरकिरित सिंहले १५ रन जोडेपछि बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रनमात्रै जोड्न सकेको थियो।

बैंग्लोरका कप्तान बिराट कोहली ७ बलमा ७ रन बनाएर पवेलिएन फर्किएका थिए। हैदरावादका सन्दीप शर्मा र जोसन होल्डरले दुई दुई विकेट लिए।

१३औं खेलमा छैटौं जित हात पारेको हैदरावाद १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ। अब उसको मुम्बई इन्डियन्सविरुद्ध एक खेल बाँकी छ।
राम्रो रनरेट भएका कारण मुम्बईविरुद्धको खेल जिते हैदरावादले प्लेअफमा स्थान बनाउँनसक्छ।

बैंग्लोर प्लेअफमा पुग्न अन्तिम खेल बाँकी रहँदा २ अंकको आवश्यकता छ। तेस्रो नम्बरमा रहेको टोली दिल्ली क्यापिटल्सविरुद्ध उसको अन्तिम खेल छ।

दिल्लीको र बैंग्लोरको समान १४ अंक भएपनि रनरेटका आधारमा बैंग्लोर दोस्रो स्थानमा छ। यो खेल जित्ने टोली १६ अंकका साथ प्लेअफमा पुग्नेछ भने पराजित हुने टोलीको भविष्य रनरेटमा भर पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad