घरेनु मैदानमा सानदार जित निकालेको रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा रियलले हुएस्कालाइ ४–१ गोल अन्तरले पराजित गरेको हो।
हुएस्काको जितमा करीम बेन्जेमाले २ तथा इडेन हाजार्ड र फेडे भालभेर्डेले समान १ गोल गरे।
रियलले ७ खेलमा ५ मा जित, १ हार र १ खेलमा बराबरी गर्दै १६ अंक जोडेको छ। एक खेल बढी खेलेको हुएस्काले ३ मा हार र ५ बराबरी गर्दै ५ अंक जोडेर १८ औं स्थानमा यथावत छ।
लिगमा हाजार्डले सिजनको पहिलो गोल गर्दै खाता खोलेका थिए। खेलको ४० औं मिनेटमा हाजार्डले सिजनको पहिलो गोल गर्दै रियललाई अग्रता दिलाए।
पहिलो हाफको अन्तिम मिनेटमा बेन्जेमाले गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ५४ औं मिनेटमा फेडे भालभेर्डेले गोल गर्दै अग्रता फराकिलो पारे।
खेलको ७४ औं मिनेटमा हुएस्काका फेरिरोले गोल गर्दै खेललाइ ३–१ को स्थितीमा ल्याएका थिए।
खेलको ९० औं मिनेटमा बेन्जामेले टोलीको लागि चौथो र व्यक्तीगत दोस्रो गोल गर्दै फराकिलो जित सुनिश्चित गरेका थिए।
गएराति भएको अर्को खेलमा बार्सिलोनाले अलाभ्ससँग १–१ बराबरीमा रोकिएको छ। बार्सा १० खेलाडीमा सिमित अलाभ्ससँग बराबरी गर्दै अंक बाँडेको हो। बराबरीसँगै बार्सा १२ औं स्थानमा यथावत छ। अलाभ्स १३ औं स्थानमा छ।
गएराति नै भएको खेलमा एथलेटिको मड्रिडले ओसासुनालाइ ३–१ ले तथा एथलेटिको बिल्वाओले सेभिल्लालाइ २–१ ले हराएको छ।

प्रतिक्रिया