‘रअ’ प्रमुख सामन्त गोयलले जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि ‘सुटुक्क’ भेटेको खबर बाहिरिएपछि लेखक खगेन्द्र संग्रौलाले व्यंग्य गरेका छन्।
याे पनि : ‘काठमाडौंमा बाबुराम भट्टराईलाई पनि भेटेका थिए ‘रअ’ प्रमुख सामन्तले’
बुधबार बिहान सामाजिक सञ्जालमार्फत साहित्यकार संग्रौलाले गोयलले नै पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई कोरोना भाइरस सल्काएको व्यंग्य गरेका हुन्।
‘डा.बाबुराम भट्टराई ‘रअ’ प्रमुख सामन्त गोयललाई सुटुक्क भेट्ने, सामन्त गोयल बाबुराम भट्टराईका देहमा सुटुक्क कोरोना भाइरस सल्काउने! अनि यता बाबुराम आइसोलेसनमा, उता सामन्त आइसोलेसनमा,’ फेसबुकमा संग्रौलाले लेखेका छन्, ‘देहमा भाइरस सल्काइनु सामान्य कुरा हो, दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो!’
डा.बाबुराम भट्टराई "रअ" प्रमुख सामन्त गोयललाई सुटुक्क भेट्ने, सामन्त गोयल बाबुराम भट्टराईका देहमा सुटुक्क काेराेना...
Posted by Khagendra Sangroula on Tuesday, October 27, 2020

प्रतिक्रिया