प्रशिक्षक जिनेदिन जिदानसँगको खराब सम्बन्धका कारण बेल म्याड्रिड छाड्ने अवस्थामा पुगेका हुन्। रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि ३० वर्षे बेलले रियल छाड्ने लगभग निश्चित भएको बताए।
‘बेलले क्लब छाड्ने निश्चित जस्तै छ। छिट्टै क्लब छाड्दैछन्। त्यो नै सबैका लागि उपर्युक्त हुन्छ,’ जिदानले भनेका छन्।
गत मार्चमा जिदान रियलको प्रशिक्षकमा पुनः फर्किएपछि बेलका एजेन्ट जोनाथन बार्नटले उक्त खबर बेलका लागि निकै खराब भएको बताएका थिए। बेलले पनि जिदानसँग काम गर्न नचाहेको उनले उल्लेख गरेका थिए।
सन् २०१३ मा टोट्नहमबाट ८५ मिलियन पाउण्डमा बेल रियल आएका थिए। अझैपनि बेर्नाबाउको क्लब रियलसँग उनको तीनवर्षको सम्झौता बाँकी थियो।
रियलमा बेलले चार च्याम्पियन्स लिग, एक ला लिगा र एक कोपा डेल रेको उपाधि जितेका छन्। यस्तै तीन यूएफा सुपर कप र क्लब विश्वकप पनि बेलले जितेका छन्।
Shares
प्रतिक्रिया