फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिना र स्पेनले बराबरी खेलेका छन्।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भइरहेको खेलको पहिलो हाफ सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन।
खेलमा दुवै टिमले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि गोल नहुँदा खेल बराबरीमा चलिरहेको छ।
दुई देशको उपाधि भिडन्तलाई विश्व नम्बर १ र विश्व नम्बर २ बीचको घमासान प्रतिस्पर्धाको रुपमा हेरिएको छ।
अर्जेन्टिना साबिक विजेता पनि हो भने स्पेनले १६ वर्षदेखि विश्वकप उचाल्न सकेको छैन। स्पेन सन् २०१० को विश्वविजेता हो।
त्यसो त अर्जेन्टिनाले पनि ३६ वर्षपछि अर्को विश्वकप उचालेको थियो सन् २०२२ मा। हालसम्म अर्जेन्टिनाले तीनपटक विश्वकप जितेको छ। पहिलो पटक सन् १९७८ मा विश्वकप जितेको अर्जेन्टिनी टोलीले सन् १९८६ मा दोस्रो र सन् २०२२ मा तेस्रो पटक उपाधि जितेको थियो।
यो विश्वकप जित्न सके उसले आफ्नो राष्ट्रिय जर्सीमा चार तारा चम्काउन पाउनेछ।
त्यसकारण आज हुने खेललाई १६ वर्षदेखिको उपाधि भोक मेट्ने र साबिक विजेताको छवि जोगाउनेबीचको रोचक भिडन्त मानिएको छ।





Shares

प्रतिक्रिया