नेपाली लेगस्पिनर सन्दीप लामिछानेको आईपीएलको शीर्ष स्थानमा रहेका दिल्ली क्यापिटल्समा जर्सीमा मैदान देखिने सम्भावना कम हुँदै गएको छ।
दिल्लीले अर्का लेगस्पिनर अमित मिश्रको ठाउँमा कर्नाटकका २७ वर्षीय खेलाडी प्रविन दुबेलाई अनुबन्ध गरेपछि सन्दीपको यो सिजनमा मैदान देखिने चाहना झन् पर धकेलिएको हो।
दिल्लीले सोमबार ट्विट गर्दै अमित मिश्रको ठाउँमा भारतको क्षेत्रीय क्रिक्रेट खेलेका दुबेलाई अनुबन्ध गरेको आधिकारिक जानकारी दिएको हो।
दुबेले टि २० सिरिजका १४ घरेलु खेलमा १६ विकेट लिएको र उनको इकोनोमी रेट ६.८७ रहेको दिल्लीले जनाएको छ। दिल्लीले मंगलबार किङ्स इलाभेन पञ्जाबसँग मुकाबिला गर्दैछ।

प्रतिक्रिया