ad ad

खेल


ला लिगामा बार्सिलोनाको पहिलो हार, गेटाफेसँग स्तब्ध

ला लिगामा बार्सिलोनाको पहिलो हार, गेटाफेसँग स्तब्ध

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ०:३५,

ला लिगा फुटबलमा बार्सिलोनाले सिजनको पहिलो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा गेटाफेले बार्सिलोनालाई १–० गोलअन्तरले स्तब्ध पार्यो।

खेलको ५६औं मिनेटमा गेटाफेका स्ट्राइकर जैमी माटाले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। डेजेनी डाकोनाममाथि फ्रंक्की डी जोङले फल गरेपछि पाएको पाएको पेनाल्टीमा माटाले गोल गरेका थिए।

बार्सिलोनाका लागि पहिलो हाफमा कप्तान लियोनल मेस्सीले गरेको प्रहार पोस्टमै लाग्दै फर्किएको थियो। यस्तै एन्टिनियो ग्रिजम्यानले पोस्टको नजिकैबाट गरेको प्रहार आकासिएको थियो।

यता गेटाफेका जाउन हेनान्डेजको प्रहार पनि पोस्टमा लाग्दै बाहिरिएको थियो।

अब रियलले आगामी शनिबार एल क्लासिकोमा बार्सिलोना र रियल मड्रिड भिड्नेछन।

रियल मड्रिडपनि शनिबार यसै सिजनमा बढुवा भएको टोली काडिजसँगै १–० ले नै पराजित भयो।

२०१३ पनि एल क्लासिको अघि बार्सिलोना र मड्रिडले आ आफ्नो खेल हारेको यो पहिलोपल्ट हो।

पराजयका बाबजुद रियल ५ खेलका साथ १० अंकसहित ला लिगाको शीर्षमा कायम छ। त्यति नै खेल खेलेको गेटाफे दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना ७ अंकसहित नवौं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .