ad ad

समाज


दीर्घ कोभिड हुँदा देखिन्छन् भिन्न प्रकारका यस्ता चार समस्या

दीर्घ कोभिड हुँदा देखिन्छन् भिन्न प्रकारका यस्ता चार समस्या

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ०:१९,

कोरोना भाइरस संक्रमणको दीर्घ प्रभावका कारण मानिसलाई चार भिन्न समस्या परिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ।

यसले किन निरन्तर कोभिडको समस्या बेहोरिरहेका मानिसलाई अविश्वास गरिन्छ र उपचार गरिँदैन भन्ने पनि बुझाउन सक्छ।

दीर्घ कोभिड बेहोरिरहेका मानिसमा गम्भीर मनोवैज्ञानिक प्रभाव परिरहेको हुनसक्ने न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको विवरणमा उल्लेख छ। उनीहरूलाई थप सहयोगको खाँचो छ। अनि उपचार गर्ने स्वास्थ्यकर्मीहरूमा पनि थप जानकारी हुन जरुरी छ।

अधिकांश मानिसहरूलाई सामान्य कोरोनाभाइरस सङ्क्रमण भएको दुई सातामा ठिक हुन्छ। अलि गम्भीर सङ्क्रमण भएमा तीन सातामा ठिक हुने गर्छ।

तर न्याश्नल इन्स्टिट्यूट अफ हेल्थ रिसर्चको रिपोर्ट अनुसार संसारमा यस्ता हजारौँ मानिस छन्, जो निरन्तरको कोभिडबाट ग्रस्त भएका छन्।

किन केही मानिसहरू कोरोनाभाइरसबाट निको भइरहेका छैनन्?
बालबालिकामा कोरोनाभाइरसको दुर्लभ र खतरनाक लक्षण
अनि यूकेमा कोरोनाभाइरसका मामिला वृद्धि हुँदै जाँदा दीर्घ कोभिड बेहोर्नेको सङ्ख्या पनि बढ्दै ग्एको देखिन्छ।

फेसबुकमा दीर्घ कोभिडले ग्रस्त भएकाहरूको सहायता समूहमा आबद्ध १४ जनाको अन्तर्वार्तामा आधारित भएर प्रकाशित पछिल्लो अध्ययनका अनुसार निरन्तर कोभिडका लक्षणहरुमा श्वासप्रश्वासमा कठिनाइदेखि लिएर मस्तिष्क, मुटु तथा कार्डियोभास्कुलर प्रणाली, मिर्गौला, आन्द्रा, कलेजो र छालासम्म प्रभाव पारिरहेका छन्।

यी लक्षणहरू निम्न चार भिन्न समस्याका कारण भएका हुनसक्छन्ः
फोक्सो र मुटुमा भएका स्थायी क्षति
सघन उपचारपश्चात् उत्पन्न हुने समस्या
भाइरल सङ्क्रमणपश्चात् हुने थकाइको समस्या
निरन्तर कोभिडका लक्षणको समस्या

यसरी प्रभावित हुने कतिपयले गम्भीर कोभिडका कारण लामो समय अस्पतालमा बिताउनुपरेको थियो। तर कतिले भने सामान्य कोभिडमात्र बेहोरेका थिए अनि उनीहरूको परीक्षण वा रोग निदान समेत भएको थिएन।

अध्ययनले भनेको छ, निरन्तर कोभिडको निदा सम्बन्धी तरिका निर्माण गरेर मानिसहरूलाई सहायतामा पहुँच पुर्‍याउन सकिन्छ।

कतिपयका निम्ति यो अवस्था उनीहरूको अस्पताल बसाइसँग सम्बन्धित छ, तर अन्य कतिपयले भने प्रारम्भिक सङ्क्रमण साधारण भएको र घरमै निको भएको तर पछि विस्तारै लक्षण कडा हुँदै गएको बताइरहेका छन्।

रिपोर्टका लेखक डा. इलाइन म्याक्सवेल भन्छिन् उनलाई सुरुमा गम्भीर कोभिड भएकाहरूलाई मात्र यस्तो समस्या आइपर्छ होला भन्ने लागेको थियो। साथै कोभिडका कारण ज्यान गुमाउने जोखिम कम भएका समूहमा दीर्घ प्रभावको जोखिम पनि कम होला भन्ने उनले ठानेकी थिइन्।

‘हामीलाई अब थाहा छ कि कतिपय मानिस जसलाई कोभिड सङ्क्रमण भएको पनि पत्तो भएको थिएन। उनीहरूलाई यसको दीर्घ प्रभाव हप्तौँसम्म भेन्टिलेटरको सहारामा बाँचेकामा भन्दा पनि ज्यादा देखिएका घटना पनि छन्,’ उनले भनिन्।

यूकेको ब्रिस्टल यूनिभर्सिटीकी लेक्चरर जो हाउस सङ्क्रमित भएको छ महिनापश्चात् पनि काममा फर्केकी छैनन्।

सुरुमा नराम्रो खोकी र सास फेर्न अप्ठ्यारो भएको थियो जुन अहिले चरम थकान र टाउको दुखाइ अनि मुटुको समस्या र मांसपेशीको पीडासम्म पुगेको छ।

‘अघिल्लो दिन बिउँझने बित्तिकै रिँगटा लाग्यो र बेहोस भएँ। अस्पतालमा पुग्नु पर्‍यो,’ उनले भनिन्।

साथै दीर्घ कोभिडले खासगरी अश्वेत वा एशियाली मूलका मानिस अनि पहिल्यैदेखि मानसिक वा सिकाइसम्बन्धी समस्या बेहोरिरहेका मानिसहरू थप प्रभावित हुनसक्ने जनाइएको छ।

‘हाम्रो उद्देश्य भनेको यो अध्ययनलाई स्वास्थ्यकर्मीहरूले उपयोग गरेर बिरामीहरूको अनुभव बुझ्न मद्दत पुगोस् भन्ने हो ताकि उनीहरूलाई आवश्यक पर्ने उपचार, सेवा र सहयोगमा पहुँच मिलोस्,’ डा.म्याक्सवेलले भनिन्। बिबिसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .