यसै सिजनमा बढुवा भएको टोली काडिजसँग साविक विजेता रियल मड्रिड १–० ले स्तब्ध बनेको छ।
जितसँगै काडिजको पनि रियल मड्रिडसँगै १० अंक भएको छ। तर गोलअन्तरका आधारमा रियल शीर्षमा र काडिज तेस्रो स्थानमा छ।
खेलको १६औं मिनेटमा एन्थोनी लोजानोको काडिजका लागि निर्णायक गोल गरे। यो ३० वर्षपछि मड्रिडविरुद्ध काडिजको पहिलो जित हो।
जिनेदिन जिदानको टोली बल पोसेसनमा हावी रहेपनि पोस्टमा दुई सट मात्रै प्रहार गर्न सकेको थियो।
लुका जोभिचको प्रहारले जाली चुमेको थियो तर करिम बेन्जेमा अफसाइड हुँदा उक्त गोलले मान्यता पाएन।
यस्तै करिम बेन्जेमाको प्रहार पोस्टमा लाग्यो। यो हारसँगै मड्रिडको १५ खेलको अपराजित यात्रा पनि टुंग्गिएको छ।
प्रतिक्रिया