खेल


रोनाल्डोलाई बेच्दै एम्बाप्पेलाई भित्र्याउने यूभेन्ट्सको योजना

रोनाल्डोलाई बेच्दै एम्बाप्पेलाई भित्र्याउने यूभेन्ट्सको योजना

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार १:१७,

इटालियन सिरी ए क्लब यूभेन्ट्सले विश्व कीर्तिमानी ३६० मिलियन डलरमा पेरिस सेन्ट जर्मन(पीएसजी)का फरवार्ड केलिएम एम्बाप्पेलाई भित्र्याउने योजना भएको छ।

त्यसका लागि यूभेन्ट्सले आफ्ना स्टार क्रिस्टियानो रोनाल्डोलाई बेच्नुपर्ने हुन्छ। पोर्चुगलका रोनाल्डो र फ्रान्सका एम्बाप्पे अघिल्लो हप्तामात्रै नेसन्स लिगमा आमने सामने भएका थिए।

अहिले विश्वको सर्वोत्कृष्ट खेलाडीमा यी दुईलाई लिइन्छ।

२०१८ को विश्वकपमा एम्बाप्पे ब्राजिलका पेलेपछि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए। त्यसयता उनले पीएसजीबाट १२७ खेलमा ९२ गोल गरिसकेका छन।

इटालियन अखबार टुटोस्पोर्टसले एम्बाप्पेका लागि यूभेन्ट्स ३६० मिलियन डलर खर्च गर्न तयार रहेको खबर सार्वजनिक गरेको हो।

जुन यसअघि पीएसजीले नै नेमारलाई भित्र्याएको विश्व कीर्तिमानी रकम भन्दा १६० मिलियन बढी हो।

यूभेन्ट्सले उक्त मुल्यमा एम्बाप्पेलाई भित्र्याउने हो भने उसले क्रिस्टियानो रोनाल्डोलाई पीएसजी पठाउनुपर्ने हुन्छ। उक्त विकल्पमा पनि यूभेन्ट्स खुला रहेको समाचार टुटोस्पोर्टसले सार्वजनिक गरेको छ।

यसअघि पनि रोनाल्डो पीएसजी जाने चर्चा चलेको थियो। तर २०२० को अन्त्यसम्म यूभेन्ट्ससँगसँग रोनाल्डोको सम्झौता भएका कारण उक्त प्रक्रिया अघि नबढेको बताइन्छ।

रोनाल्डोका एजेन्ट जोर्गी मेन्डिजले समेत उक्त विषयमा पीएसजीका स्पोर्टिङ निर्देशक लियोनार्दोसँग छलफल गरेका थिए।

रियल मड्रिडबाट रोनाल्डो २०१८ मा यूभेन्ट्स आएका थिए। त्यसयता उनले ९१ खेलमा ६८ गोल गरिसकेका छन। एजेन्सी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad