युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्यो।
मुम्बईको यो सातौं खेलमा पाँचौं जित हो। दिल्लीले भने त्यति नै खेलमा दोस्रो हार ब्यहोरेको छ।
सातौं खेल खेलिसक्दा दिल्लीले नेपाली स्पिनर सन्दीप लामिछानेलाई खेल्ने मौका दिएको छैन।
दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९.४ बलमा मात्र ५ विकेट गुमाएर भेट्टाएको थियो।
मुम्बईका क्विनटन डी कक र सूर्यकुमार यादबले समान ५३-५३ रन जोडे। यस्तै इसान किसनले २८, किरण पोलार्डले ११ बाहेक अन्यले स्मरणीय प्रदर्शन रहेन।
दिल्लीका कागिसो राबडाले २, अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।
दिल्लीका ओपनर शिखर धवनले ६९, कप्तान श्रेयस ऐय्यरले ४२ र अजिंके रहाणेले १५ रन जोडे।
मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए।
जितसँगै मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ। मुम्बई शीर्ष स्थानमा छ।
७ खेलमा त्यति नै अंक जोडेपनि रनरेटका आधारमा दिल्ली दोस्रो स्थानमा छ।

प्रतिक्रिया