नेसन्स लिगमा इंग्ल्याण्डले विश्व वरियताको शीर्षमा रहेको बेल्जियमलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
१६औं मिनेटमा रामेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।
त्यसपछि पुनरागमन गर्दै इंग्ल्याण्डले जित हात पार्यो। ३९औं मिनेटमा मार्कुस रसफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए।
यस्तै ६४औं मिनेटमा मासेन माउन्टले इंग्ल्याण्डका लागि विजयी गोल गरे।

प्रतिक्रिया