खेल


अभिषेककोे दुई गोल मद्दतले मोहमडमको लगातार दोस्रो जित

अभिषेककोे दुई गोल मद्दतले मोहमडमको लगातार दोस्रो जित

नेपालखबर
असोज २५, २०७७ आइतबार ९:१२,

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजालको २ गोल मद्दतमा भारतीय आईलिग छनोटमा मोहमडम स्पोर्टिङ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ। 

साल्ट लेक स्टेडियममा भएको खेलमा अभिषेकको टोलीले अर्को नेपाली खेलाडी राजेश परियार सम्मिलित अहमदाबाद र्‍याकेट एकेडेमी फुटबल क्लवलाइ ४–१ को फरकिलो गोल अन्तरले हराएको छ।

अभिषेककले पहिलो हाफमा नै २ गोल गरेका हुन्। खेलको १२ औं मिनेटमा नै विलिप प्लाजाले गोलको खाता खोलेका थिए। २० औं मिनेटमा अभिषेकले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफमो अन्तिम मिनेटमा अभिषेकले ब्यक्तीगत दोस्रो तथा क्लवका लागि तेस्रो गोल गरे। सेफ फैयाजले ८९ औं मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारे।

दोस्रो हाफको सुरुवातमा नै अहमदाबाद र्‍याकेट एकेडेमी फुटबल क्लवले १ गोल उपहार पायो।

पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अभिषेकले आजको खेलमा सुरुवाती ११ मा नै स्थान बनाएका थिए।

अहमदाबादले टोलीको पहिलो खेलमा अर्का नेपाली खेलाडी राजेश परियारलाइ ८० औं मिनेटमा मैदान पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad