अमेरिकी रेडियो कार्यक्रम द गाई बेनसन सोमा भारत–चीनबीच जारी सीमा विवादलाई इंगित गर्दै पोम्पिओले युद्धमा भारतलाई अमेरिकी सहयोग चाहिने बताएका हुन्।
सो क्रममा उनले चीनले भारतसँगको सीमामा ६० हजार सेना तैनाथ गरेको पनि बताए। साथै चीन क्वाड राष्ट्रको लागि खतरा भएको पनि उल्लेख गरे।
हालै मात्र अमेरिका, जापान, भारत र अस्ट्रेलिया आवद्ध क्वाड समूहको वैठक टोकियोमा सम्पन्न भएको थियो।
उक्त वैठकमा चीनको खतराविरुद्ध आफूहरु एक हुनुपर्ने अमेरिकाले बताएको थियो। त्यस लगत्तै चीनले क्वाड समूह चीनविरुद्धको गठबन्धन भएको आरोप लगाएको थियो।
यो पनिः अमेरिकाले भन्यो: चीन सहमतिमा आउनेवाला छैन, भारत युद्धका लागि तयार रहनुपर्छ
शीतकालीन युद्धको तयारीः चीनका सेनाले जाडोमा लगाउनेछन् यस्ता पोशाक
पोम्पिओले चिनियाँ कम्युनिस्ट पार्टी विश्वका लागि खतरा भएको पनि बताए।
गत मंगलबार टोकियो भ्रमणका क्रममा पोम्पिओ र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो।
उक्त वैठकमा इन्डो–प्यासिफिक क्षेत्रलाई सुरक्षित गर्न सहकार्य गर्ने सम्झौता भएको बताइएको थियो।
यसबीचमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले भारत–चीन सीमा विवादमा वार्ता वा सहमतिबाट चीनलाई मनाउन नसकिने भएकाले भारत युद्धका लागि तयार रहनुपर्ने अवस्था आएको बताएका छन्।
चीन आफ्नो प्रभुत्व बढाउने प्रयासमा रहेको आरोप लगाउँदै उनले भने, ‘हामीले यो कुरा स्वीकार गर्नुपर्ने बेला आएको छ कि जनगणतन्त्र चीनलाई वार्ता वा सहमतिबाट मनाउन वा बाध्य पार्न सकिन्न। यस्तो प्रयासले कुनै उपलब्धि हुँदैन। जुन प्रयास हामी लामो समयदेखि गरिरहेका छौं।’ एजेन्सी

प्रतिक्रिया