सुर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि ५७ रनको जित हात पारेको छ।
जितसँगै मुम्बई इन्डियन प्रिमियर लिग(आइपीएल)को शीर्षमा उक्लिएको छ।
यादवले ४७ बलमा ११ चौका र २ छक्कासहित ७९ रनको पारी खेलेपछि मुम्बईले निर्धारित २० ओभरमा १९३ रन बनाएको थियो।
त्यसमा कप्तान रोहित शर्माले २३ बलमा ३५ र हार्दिक पाण्ड्याले १९ बलमा ३० रन जोड्दै साथ दिएका थिए।
जवाफी ब्याटिङ राजस्थानले १८.१ ओभरमा सबै विकेट गुमाएर १३६ रनमात्रै जोड्नसक्यो।
उसका जस बटलरले ४४ बलमा ४ चौका र ५ छक्कासहित ७० रन जोडेपनि अन्य खेलाडीले साथ नदिदा राजस्थानले हार ब्यहोर्नुपर्यो।
बटलरबाहेक जेफ्रा आर्चरले २४ र टम कुर्रानले १५ रन जोड्नुभएको थियो।
योसँगै ६ खेलमा मुम्बईले ४ खेलमा जित र २ खेलमा हारसँगै ८ अंक जोडेर अंक तालिकाको शीर्षमा स्थान बनाएको छ।
एक खेल कम खेलेको राजस्थानले भने २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ। चार अंक जोडेको राजस्थान भने सातौं स्थानमा छ।

प्रतिक्रिया