इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदरावादसामु २ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रनको योगफल तयार पारेको हो। हैदरावादसामु विशाल लक्ष्य प्रस्तुत गर्न मुम्बइका क्वीनटन डि ककले ६७ रनको योगदान गरे।
३९ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे। ओपनिङ ब्याट्सम्यानको रुपमा आएका कप्तान रोहित शर्मा ६ बलमा नै पवेलियन फर्के। सुर्यकुमार यादवले २७ रन जोडे।
हैदरावादका लागि सन्दीप शर्मा र सिद्धार्थ काउलले समान २ विकेट झारे। रसिद खानको नाममा १ विकेट रह्यो।
आइपीएलमा दुवै टोली तेस्रो जितको खोजीमा छन्। मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार भोग्दै दोस्रो स्थानमा छ। हैदराबाद ४ खेलमा समान २ मा जित र त्यति नै खेलमा हार भोगेको छ।
Shares

प्रतिक्रिया