ad ad

खेल


१० दिन पनि टिकेन क्यानको निर्णय, खेलाडी बर्गिकरण पुन: हुने

१० दिन पनि टिकेन क्यानको निर्णय, खेलाडी बर्गिकरण पुन: हुने

नेपालखबर
असोज १५, २०७७ बिहिबार ५:११,

गत असोज ६ गते चितवनमा बसेको नेपाल क्रिकेट संघ(क्यान)ले खेलाडी वर्गिकरण गर्दै उनीहरुलाई श्रेणी अनुसार मासिक तलब दिने निर्णय गरेको थियो। 

तर उक्त निर्णय गरेको दश दिन बित्न नपाउँदै बिहीबार क्यानले एक सुचना जारी गरी पुन: खेलाडी बर्गिकरण हुने जनाएको छ। 

यसअघि गरिएको बर्गिकरणमा केही महत्वपूर्ण खेलाडीहरु छुटेको र बर्गिकरण न्यायोचित नभएको गुनासो आएपछि नयाँ बर्गिकरण गरिने भएको हो।

क्यानले कोषाध्यक्ष रोसन सिंहको बर्गिकरण समितिलाई नयाँ बर्गिकरणसहितको प्रतिवेदन बोर्ड बैठकमा प्रस्तुत गर्न भनेको छ। 

क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘वर्गीकरणमा केही महत्वपूर्ण खेलाडीको नाम छुट्न गएको र वर्गीकरणमा न्यायोजिच नभएको भनी खेलाडीहरुको गुनासो गर्दै संघमा निवेदन आएकोमा यसप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ। यसर्थ संघले पुनः खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान, उपकत्पान र प्रशिक्षकसँग आवश्यक छलफल गरी सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेश गर्नका लागि अनुरोध गरिएको छ।’

चितवनमा बसेको बोर्ड बैठकले सन् २०२० का लागि पुरुष/महिला खेलाडीको सेन्ट्रल कन्ट्रयाक्ट र पारिश्रमिकको टुंगो लगाएको थियो।

पुरुषतर्फ ए, बी र सी श्रेणीका खेलाडीले क्रमशः ५०, ४० र ३० हजार पाउने निर्णय भयो। महिला खेलाडीले भने क्रमशः १५, १२ र १० हजार रुपैयाँ पाउने निर्णय गरेको थियो।

उक्त बर्गिकरणमा कप्तान ज्ञानेन्द्र मल्लसहित टोलीका सदस्यले असन्तुष्टि व्यक्त गर्दै पुनर्विचार हुनुपर्ने आग्रह गरेका थिए।

पुरुषतर्फ नियमित टोलीमा रहेका ललितनारायण राजवंशी वर्गीकरणमै नपर्नु, टोलीमै नभएका खेलाडीलाई बर्गिकरणमा हुनु तथा खेलाडीलाई क्षमता अनुसार श्रेणीमा नराखन्नु लगायत विषयमा विवाद भएको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .