ad ad

समाज


वीरगञ्ज, धरान र बुटवलमा ३ कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज, धरान र बुटवलमा ३ कोरोना संक्रमितको मृत्यु

नेपालखबर
असोज १५, २०७७ बिहिबार ४:४९,

बिहीबार बिहान वीरगञ्ज, धरान र बुटवलमा गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

रौतहटको ईशनाथ नगरपालिका ४ का ७४ वर्षीय पुरुषको बिहीबार बिहान उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको हो।

मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनका अनुसार विरामीमा मुटु सम्बन्धि समस्यासमेत थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको हुसैनले बताए।

९ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

त्यसैगरी बिहीबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृतक ५६ वर्षीय पुरुष छन्।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतक पुरुष सुनसरीको इटहरी ६ का स्थायी बासिन्दा हुन्।

सुरुमा विराटनगरस्थित बिराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि बिपी प्रतिष्ठानमा भर्ना गरिएको थियो। मृतकमा अन्य दीर्घ रोग केही नभएको पाइएको प्रतिष्ठानले जनाएको छ।

त्यसैगरी बुटवलस्थित कोभिड अस्थायी अस्पतालमा पनि ८० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारका क्रममा गएराति साढे ११ बजे उनको मृत्यु भएको हो। उनी उच्च रक्तचापका बिरामीसमेत रहेका अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .