ad ad

खेल


भिनिसियसको निर्णायक गोलपछि रियलको अपराजित यात्रा कायमै

भिनिसियसको निर्णायक गोलपछि रियलको अपराजित यात्रा कायमै

नेपालखबर
असोज १५, २०७७ बिहिबार १:४३,

परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका भिनिसियस जुनियरले खेलको एकमात्रै निर्णायक गोल गरेपछि रियल भालाडोलिडलाई हराउँदै रियल म्याड्रिडले यस सिजनको आफ्नो अपराजित यात्रा कायमै गरेको छ।

जिनादिन जिदानको टोली मड्रिडले सुरुवाती दुई अवे खेलमा लगातार जित निकालेको थियो। बुधबार राति भएको अवे खेलमा भालाडोलिडलाई हराउँदै सुरुवाती तीन खेलमा अपराजित यात्रा कायम राख्न सफल भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा टुंग्गिएपनि ६५औं मिनेटमा भिनिसियसले निर्णायक गोल गरेका थिए।

भालाडोलिडका गोलरक्षक रोबर्टोले फेडिरिको भेल्भार्डे र लुका जोभिचको प्रहारमा उत्कृष्ट बचाउ गरेपछि मड्रिडले थप गोल गर्नसकेन।

यो जितसँगै म्याड्रिडको शीर्ष चारमा रहेका गेटाफे, भिल्ला रियल र भ्यालेन्सियासँग समान सात अंक भएको छ। तर, गोल अन्तरका आधारमा गेटाफे शीर्ष, भिल्ला रियल दोस्रो, म्याड्रिड तेस्रो र भ्यालेन्सिया चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .