ad ad

खेल


ला लिगामा रियल मड्रिडको पहिलो जित

ला लिगामा रियल मड्रिडको पहिलो जित

नेपालखबर
असोज ११, २०७७ आइतबार २:४,

रियल बेटिसलाई ३-२ ले पराजित गर्दै रियल मड्रिडले सिजनको पहिलो जित हात पारेको छ।

शनिबार राति ५ गोल भएको खेलमा रियलका लागि फेडरिको भाल्भेर्डे र सर्जियो रोमोसले एक एक गोल गरे भने एक गोल रियलले आत्मघाती उपहार पाएको थियो। बेटिसका आइसा मान्डी र विलियम कार्भाल्होले गोल गरे।

१४औं मिनेटमा मड्रिडले फेडरिको भाल्भेर्डेको गोलबाट अग्रता लिएको थियो। ३५औं मिनेटमा आइसा मान्डीले हेडरमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।

लगत्तै विलियम कार्भाल्होको गोलबाट बेटिसले २–१ को अग्रता बनायो। ४८औं मिनेटमा इमर्सनले आत्मघाती गोल गरेपछि खेलमा २-२ को बराबरी भएको थियो।

८०औं मिनेटमा मार्क बार्टाले बोर्जा मायोरलमाथि फल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै रामोसले मड्रिडलाई ३-२ को जित दिलाए।

रियलको यो दोस्रो खेल हो। पहिलो खेलमा रियल रियल भल्लाडोलिडसँग गोलरहित बराबरीमा रोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .