ad ad

खेल


उत्कृष्ट प्रदर्शनको वातावरण बनाउन सरकार प्रतिवद्धः मन्त्री विश्वकर्मा

उत्कृष्ट प्रदर्शनको वातावरण बनाउन सरकार प्रतिवद्धः मन्त्री विश्वकर्मा

नेपालखबर
साउन ८, २०७६ बुधबार १२:१६,

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सरकारले मुलुकलाई समृद्ध बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्न चाहेको बताएका छन्।

मन्त्री विश्वकर्माले मुलुकलाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य सर्त भएको दावी गर्दै त्यसको विकासमा आवश्यक सहयोग गर्न पनि सम्वद्ध सबै पक्षलाई अपिल पनि गरे। उनले सरकारले खेलकुद क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशनका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए।

कार्यक्रममा नेपालमा आयोजना भएको दक्षिण एशीयाली महिला फुटवल प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटवल टोलीलाई जनही ३२ हजार ५ सय नगदसहित सम्मान पनि गरिएको थियो।

सम्मान हुने नेपाली टोलीका २० जना खेलाडी र एक प्रशिक्षक रहेका छन्। कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .