ad ad

खेल


लेविनको ह्याट्रिकको मद्दतले एभर्टनले आल्बियनलाई फराकिलो अन्तरले हरायो

लेविनको ह्याट्रिकको मद्दतले एभर्टनले आल्बियनलाई फराकिलो अन्तरले हरायो

नेपालखबर
असोज ४, २०७७ आइतबार १:१४,

डोमिनिक काल्भर्ट लेविनको ह्याट्रिकको मद्दतले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले घरेलु मैदानमा वेस्ट ब्रेमबिच आल्बियनलाई फराकिलो अन्तरले हराएको छ।

गएराति भएको खेलमा एभर्टनले आल्बियनलाइ ५–२ गोल अन्तरले पराजित गरेको हो। एभर्टनको जितमा फरवर्ड डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक गरेको खेलमा हामेस रोड्रिग्वेज र माइकल किनले समान १ गोल गरे।

खेलको दशौं मिनेटमा पाहुना टोली वेस्ट ब्रोमले बनाएको अग्रता जोगाउन नसक्दा हार भाग्न बाध्य बन्यो। ३२औं मिनेटमा एभर्टनले खेल बराबरीमा ल्यायो। पहिलो हाफको अतिरिक्त समयमा हामेस रोड्रिग्वेजले गोल गर्दै खेलमा एभर्टनलाई अग्रता दिलाए। दश खेलाडीमा सीमित वेस्ट ब्रोमले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेललाइ बराबरीमा ल्यायो।

४७ मिनेटमा एभर्टनका माइकल किनले गोल गरे। काल्भर्ट लेविनले ४ मिनेटको अन्तरमा दुई गोलका साथ ह्याट्रिक पूरा गरे।

गएराति नै भएको अर्को खेलमा लिड्स युनाइटेडले पहिलो जित हासिल गर्दा फुल्हामले लगातार दोस्रो हार बेहोरेको छ। प्रिमियर लिगमा बढुवा भएको लिड्सले घरेलु मैदानमा फुल्हामलाइ ४–३ गोल अन्तरले हराएको हो।

लिड्सलाई जित दिलाउन हेल्डर कोस्टाले दुई तथा माटिउज क्लिच र प्याट्रिक बामफोर्डले एक÷एक गोल गरे। फुल्हामका एलेक्सान्डर मिट्रोभिचले दुई तथा बोबी रेइडले एक गोल गरे।

पहिलो खेलमा लिड्स लिभरपुलसँग ४–३ गोल अन्तरले पराजित भएको थियो। पहिलो खेलमा फुल्हाम आर्सनलसँग ३–० गोल अन्तरले हारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .