बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा सुखद सुरुवात गरेको छ। सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकलाई ३–० गोलको फराकिलो अन्तरले हराएको छ।
सिग्नल इडुना पार्कमा गएराति भएकोे खेलमा घरेलु टोलीको सहज जितमा एर्लिङ ब्राउट हालान्डले २ गोल गर्दा जियोभानी रेनाले एक गोल गरे।
खेलको ३४औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अग्रता बनाएको डर्टमुन्डले दोस्रो हाफमा २ गोल थप्यो।
दोस्रो हाफका शुरुवातमै डर्टमुन्डका हालान्डले पेनाल्टी गोलमार्फत अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा हालान्डले उत्कृष्ट फिनिस गर्दै डर्टमुन्डलाई ३–० को अग्रता दिलाए।
गएराति नै भएको अर्को खेलमा हर्था बिएससीले वेर्डर ब्रेम्रेनलाई ४–१ को फराकिलो अन्तराले पराजित गरेकाे छ।
अर्को खेलमा अग्सवर्गले युनियन बर्लिनलाइ ३–१ ले तथा फ्रेग्वर्गले भिएफबी स्टुगार्ट र १८९९ होफेनहिमले एफसी कोलिनलाइ समान ३–२ ले पराजित गर्दा फ्रान्कर्फट र अर्मिनिया बिलेफिल्डले १–१ को बराबरी गरे।
प्रतिक्रिया