ad ad

खेल


मेस्सीलाई नबेच्ने मनसायमा बार्सिलोना

मेस्सीलाई नबेच्ने मनसायमा बार्सिलोना

नेपालखबर
भदौ १८, २०७७ बिहिबार २:२१,

बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेस्सीलाई नबेच्ने मनासय देखाएको छ।

मेस्सीका बुबा तथा एजेन्ट जोर्गी मेस्सी र बार्सिलोनाका प्रतिनिधिबीच बुधबार साँझ भएको छलफलमा बार्सिलोनाले मेस्सीलाई बेच्ने सन्दर्भमा छलफल गर्न नै रुचाएन।

सार्वजनिक रुपमा पनि क्लबले मेस्सीलाई नबेच्ने र उनी बार्सिलोनाको कप्तान नै रहने बताएको छ। क्लब अध्यक्ष जोसेप मारिया बार्टेमेउले पनि कुनै हालतमा जस्तोसुकै अवस्थामा पनि मेस्सीलाई नबेच्ने जनाइसकेका छन।

क्लबका अध्यक्ष जोसेपले उल्टै थप २ वर्ष मेस्सीको सम्झौता थप्ने कुरा व्यक्त गरेका छन। उक्त बैठक सौहार्दपूर्ण रुपमा सकिएपनि मेस्सी पक्ष भने आफ्नो अडानमा टसमस भएन। 

तर, मेस्सीले यसअघि नै क्लब छाड्ने इच्छा व्यक्त गरिसकेकाले क्लबको स्वास्थ्य परीक्षण र प्रशिक्षणमा पनि सहभागिता जनाएका छैनन।

उनका एजेन्ट तथा बुबा जोर्गीले पनि मेस्सीको बार्सिलोनामा रहने सम्भावना निकै कम रहेको बताएका छन। सोहीकारण बुधबार भएको बैठकमा दुवै पक्षबाट कुनै ठोस सहमति भने भएन।

अब अर्को कदमका रुपमा मेस्सीले नै सार्वजनिक रुपमा बार्सिलोनामा रहने कि नरहनेबारे स्पष्ट पार्न सक्छन। नत्र प्रशिक्षण छोडेर अर्जेन्टिना पुगेका मेस्सीलाई प्रशिक्षण छाडेको भन्दै बार्सिलोनाले कारवाहीको धम्की दिनसक्छ।

मेस्सीले बार्सिलोना छाड्दै उनको ट्रान्सफर फ्रि हुने कि नहुनेबारे अदालतलाई निर्णय गर्न दिन सक्ने सम्भावना पनि छ। तर मेस्सी र क्लब दुबैले कानुनी रुपमा अघि बढ्नेबारे हालसम्म सोचिसकेका छैनन।

मेस्सीले क्लब छाड्ने निर्णय गरेपछि उनले स्वास्थ्य परीक्षण र खेल प्रशिक्षण दुबै छाडेका छन।

मेस्सीले बार्सिलोना छाड्ने इच्छा व्यक्त गरिसकेकाले उनी फ्रि टान्सफरमा त्यहाँबाट निस्कन चाहान्छन। तर, क्लबले भने अन्य क्लबले रिलिज क्लज नतिरेसम्म मेस्सीलाई जान नदिने अडान कायम राखेको छ।

मेस्सी र बार्सिलोनाबीच भएको सम्झौता अनुसार सिजनको अन्त्यमा मेस्सीले फ्रि टान्सफरमा अन्य क्लबमा जान पाउँछन। तर, त्यसका लागि मेस्सीले गत जुनअघि नै क्लबलाई जानकारी गराउँनुपर्छ।

तर, कोरोनाभाइरसका कारण यो सिजन अगष्टसम्म लम्बिएकाले अहिले फ्रि टान्सफरमा जान पाउनुपर्ने मेस्सीको माग छ। बार्सिलोना भने जुनसम्ममात्रै फ्रि टान्सफरमा जाने कुरा सम्झौतामा भएकाले अब मेस्सीलाई लिन चाहने क्लबले उनको रिलिज क्लज ७०० मिलियन यूरो तीर्नुपर्ने अडानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .