ad ad

खेल


फुटबलर एरिक विष्ट कोरोनामुक्त

फुटबलर एरिक विष्ट कोरोनामुक्त

नेपालखबर
भदौ १७, २०७७ बुधबार १२:३४,

राष्ट्रिय फुटबल टोलीका सदस्य एरिक विष्ट कोरोना सक्रमण मुक्त भएका छन्। फिफा विश्वकप छनोट अन्तर्गत बन्द सत्रमा बस्नु अघि गरिएको कोरोनाको पीसीआर परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

करिब १९ दिन क्वारेन्टिनमा रहेका विष्ट शुक्रबार कोरोना मुक्त भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडी, अफिसीयलसहित ५४ जनाको स्वाब संकलन गर्दा विष्टको शंकास्पद नतिजा आएपछि पुनः परिक्षण गरिएको थियो। ललितपुरको पाटन अस्पतालमा गरिएको कोरोनाको पीसीआर परिक्षण गर्दा विष्टको रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना सक्रमणको सुरुवाती दिनमा मानसिक तनाव भएपनि अहिले पुर्ण रुपमा ठिक भएको विष्टले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .