केहीदिन अगाडि मात्र उनले लुइस स्वारेज र इभान राकिटिकलाई हटाउने भनेर अभिव्यक्ति दिएका थिए।
इभान राकिटिक उनकै पूर्व क्लब सेभिया जाने निश्चित भइसकेको छ। यसबीचमा यतिबेला लुइस स्वारेजलाई इटालिएन क्लब युभेन्ट्सले भित्र्याउने चर्चा चलेको छ।
युभेन्ट्सबाट फरवार्ड गोन्जालो हिग्वेन इन्टर मायामी जाने चर्चा चलेको छ। हिग्वेनकै स्थानमा स्वारेज भित्र्याउन लागेको अन्तर्राष्ट्रिय संचारमाध्यममा जनाइएको छ।
लुइस स्वारेजले विश्वस्टार लियोनल मेस्सीसँग बार्सामा सन् २०१४ यता खेलिरहेका छन्। यदी उनी युभेन्ट्स अनुबन्ध भए उनले अर्का विश्वस्टार क्रिस्टियानो रोनाल्डोसँग पनि खेल्ने मौका पाउनेछन्।
स्वारेज आफैंमा पनि चर्चित फुटबलर हुन्। उनले बार्सा छाड्ने मनसाय बनाएका छैनन्। यद्यपी क्लबले उनलाई बेच्न खोजिरहेको स्पेनिस संचारमाध्यमले जनाएका छन्। एजेन्सी
प्रतिक्रिया