ad ad

समाज


लिदी पहिरो पीडितलाई एनआरएनएको आर्थिक सहयोग

लिदी पहिरो पीडितलाई एनआरएनएको आर्थिक सहयोग

नेपालखबर
भदौ १७, २०७७ बुधबार ९:१,

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरो पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहकाबीच संघका उपाध्यक्ष सोनाम लामाले सो सहयोग हस्तान्तरण गरे।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन्।

सो अवसरमा उपाध्यक्ष लामाले वर्तमान कोभिड–१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावित भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साटासाट गर्न मात्र आएको बताए। उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड–१९ को परिस्थिति सहज भए पछि सरकारसँग समन्वय गरेर जाने बताए।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताए। सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ, जुगल गाउँपालीका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता थियो।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन्। पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति पुर्‍याउँदा १५६ भन्दा बढी मानीसहरु प्रभावित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .