आइतबार मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बेलले मड्रिड छाड्ने अभिव्यक्ति दिइसकेका छन्।
क्लबले नबेचेको खण्डमा समेत जिदानले बेललाई आफ्नो टोलीबाट नखेलाउने संकेत गरिसकेका छन्।
अबको केही दिनमै बेलको भविष्य छिनोफानो हुँदैछ। मार्काका अनुसार बेल प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड अथवा उनका पूर्व क्लब टोटनह्याम जानेछन्।
उनलाई जर्मन क्लब बायन म्युखिनले समेत अनुबन्ध गर्नसक्छ। नभए उनको विकल्प चीन हुनेछ। चाइनिज सुपर लिग बेललाई स्वागत गर्न तयार भएको बताइएको छ।
यहीबीच बेल चीन जाने हल्ला चलेको छ। स्पोर्ट्स बाइबलका अनुसार बेललाई चाइनिज सुपर लिग खेल्ने एक क्लबबाट हरेकहप्ता १० लाख पाउन्ड तलब दिने प्रस्ताव प्रस्तुत भएको छ।
यदी बेलले चिनियाँ क्लबको प्रस्तावलाई स्वीकार गरे उनी इतिहासमै पहिलो फुटबलर हुनेछन् जसले सबैभन्दा बढी तलब पाउनेछन्।
सन् २०१३–१४ को सिजनमा मड्रिड आएका बेलले मड्रिडमा १०२ गोल गरेका छन्। उनले त्यहाँ १३ उपाधि हात पारेका छन्।
Shares
प्रतिक्रिया