खेल


नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने केसी संक्रमित

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने केसी संक्रमित

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १२:१८,

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना संक्रमित भएका छन्। काठमाडौँं महानगरपालिका–१४ कलंकीका ७२ वर्षीय उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

दिसामा रगत देखिएपछि केसीलाई काठमाडौंको बयोधा अस्पताल लगिएको थियो। सो अस्पतालमा उपचार गर्नुअघि उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको केसीका जेठा छोरा योगेन्द्र केसीले जानकारी दिए। केसीको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको टेकु अस्पतालले सोमबार साँझ फोनमा जानकारी गराएको थियो। केसी हाल घरमै आइसोसेलनमा बसिरहेका छन्।

सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गरेका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो। केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्ण पदक जितेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad