ad ad

खेल


ब्राभो बने टी-२० क्रिकेटमा ५ सय विकेट लिने पहिलो बलर

ब्राभो बने टी-२० क्रिकेटमा ५ सय विकेट लिने पहिलो बलर

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ९:३६,

वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले टी २० क्रिकेटमा पाँच सय विकेटको कोशेढुङ्गा पार गरेका छन्।

बुधबार राति भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल)को १३औं खेलमा ट्रिन्बागो नाइटराइडर्सका ब्राभोले सेन्ट लुसिया जुक्सविरुद्धको खेलमा ओपनर रखिम कार्नवाललाई आउट गर्दै ५ सय विकेट पूरा गरेका हुन्।

ब्राभोले यो उपलब्धि ४ सय ५९ खेलमा पाएका हुन्। यो सँगै उनी टी २० क्रिकेटमा ५ सय विकेट लिने पहिलो र एक्ला बलर बनेका छन्। ब्राभोपछि टी २० मा ३९० विकेट लिने श्रीलंकाका लासिथ मालिंगा दोस्रो खेलाडी हुन्।

ब्राभोले आफ्नो करिअरमा सबैभन्दा धेरै पोलार्डलाई आउट गरेका छन्। उनले केइरन पोलार्डलाइ ९ पटक आउट गरिससकेका छन्। ब्राभोले ५ सय विकेट पूरा गरेकै दिन सीपीएलमा १ सय विकेट पनि लिएका हुन्। सीपीएलमा १ सय विकेट उनी एक्लो खेलाडी हुन्।

ब्राभोले आफ्नो टी २० करिअरमा २१ वटा अलग अलग टिमबाट खेलेका छन्। यो समयमा उनले ४ सयभन्दा बढी खेलाडीसँग टी२० खेलिसकेका छन् भन् ३१२ खेलाडीलाई आउट गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .