खेल


सजिलो छैन मेस्सीलाई बार्सिलोनाबाट उम्कन, यस्तो छ कानुनी झमेला

सजिलो छैन मेस्सीलाई बार्सिलोनाबाट उम्कन, यस्तो छ कानुनी झमेला

नेपालखबर
भदौ १०, २०७७ बुधबार १२:४४,

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले दुई दशकपछि बार्सिलोना छाड्ने निर्णय गरिसकेका छन। मेस्सीले मंगलबार नै एक पत्र पठाउँदै क्लबलाई आफूले छाड्न लागेको जानकारी दिएका हुन।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग बार्सिलोनाले ८–२ को लज्जास्पद हार ब्यहोरेको ११ दिनपछि मेस्सीले क्लब छाड्ने निर्णय लिएका हुन। यो प्रदर्शन मेस्सी र क्लबको इतिहासकै सबैभन्दा खराब थियो।

३३ वर्ष मेस्सीले बार्सिलोनामा रहँदा विश्वको सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डि ओर अवार्ड ६ पटक जिते। दश ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जिते।

यो पनि: मेस्सीले गरे बार्सिलोना छाड्ने निर्णय

यो पनि: के छ मेस्सीले बार्सिलोनालाई पठाएको पत्रमा? 

यो पनि: बार्सिलोनाबाट बिदा हुन लागेका मेस्सीका १० उत्कृष्ट क्षण 

मेस्सीले क्लब छाड्ने निर्णय गरेपनि उनको सम्झौतामा उल्लेखित एउटा क्लजका कारण भने उनलाई सजिलै उम्कन सहज छैन। त्यसैमा अहिले बार्सिलोना र मेस्सीका प्रतिनिधिबीच घम्साघम्सी भइरहेको छ।

मेस्सीले पठाएको पत्रमा फ्रि ट्रान्सफरमा आफूलाई क्लब छाड्न दिन उनले अनुरोध गरेका छन। तर बार्सिलोनाले भने फ्रि ट्रान्सफरमा जान दिने समय गत जुनमै सकिएको जनाएको छ।

यदि मेस्सीले फ्रिमा बार्सिलोना छाड्न पाए भने उनका लागि प्रस्ताव गर्ने क्लब धेरै हुनेछन र मेस्सी छानेर नयाँ क्लबमा जान पाउनेछन। तर, यदि बार्सिलोनाले मेस्सीको ट्रान्सफर रकम तोक्यो भने केही क्लबमात्रै त्यो ब्यहोर्नसक्ने स्थिति हुनेछ। त्यसबेला मेस्सीले आफूले चाहेको क्लब नपाउन सक्छन।

अहिलेपनि बार्सिलोनासँग मेस्सीको सम्झौता २०२१ मे महिनासम्मको छ। तर गतवर्ष सेप्टेम्बरमा मेस्सी र क्लबबीच भएको एक सम्झौता अनुसार उनले हरेक सिजनको अन्त्यमा क्लब छाड्नसक्ने र मे ३१ भन्दा अगाडि जानकारी गराए फ्रि ट्रान्सफरमा उनी रिलिज हुने उल्लेख थियो।

मे ३१ भित्र यूरोपका लगभग सबै फुटबलको सिजन सकिसकेको हुन्छ। यसवर्ष भने कोरोना महामारीका कारण उक्त अवधिमा सिजन सकिएन।

अहिले मेस्सीले सिजनको अन्त्यमा आफूले फ्रि ट्रान्समा जान पाउनुपर्ने सम्झौता भएको र सिजन भर्खरै सकिएकाले फ्री ट्रान्सफरको हुनुपर्ने दाबी गरेका छन।

यता क्लबले भने कागजमा मे ३१ सम्म नै जानकारी गराउँनुपर्ने सम्झौतामा उल्लेख भएकाले फ्री ट्रान्सफरमा मेस्सीलाई छाड्न नसक्ने बताएको छ।

फुटबलमा कुनै क्लबले कुनै खेलाडी बेच्नका लागि ट्रान्सफर रकम(बाइकट क्लज) तोकेको हुन्छ। मेस्सीको सन्दर्भमा भने बार्सिलोनाले ७ सय मिलियन यूरो तोकेको छ। त्यसको मतलब यदि कुनै क्लबले उक्त रकम तीर्न तयार हुन्छन भने बार्सिलोनाले मेस्सीलाई बेच्न सक्छ।

बार्सिलोनाले मेस्सीलाई फ्रिमा पठाउँदा आफ्नो ७ सय मिलियन यूरो रकम गुम्ने भएकाले उनलाई फ्रिमा नपठाउँने योजनामा छ।

मेस्सीको फ्रिमा पठाउँने प्रस्ताव बार्सिलोनाले अस्वीकार गरेपनि उक्त रकम तिरेर म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मन(पीएसजी) मेस्सीलाई भित्र्याउन आतुर रहेको खबरहरु सार्वजनिक भएका छन।

मेस्सीका कीर्तिमान

मेस्सीले १३ वर्षे उमेरमा अर्जेन्टिनाको निवुल्स ओल्ड ब्वाइज क्लबबाट सन् २००० मा बार्सिलोना आएका थिए। त्यसयता उनी क्लबको इतिहासमै सबैभन्दा बढी गोलकर्ता हुन। 

मेस्सीले बार्सिलोनाबाट ७३१ खेल खेल्दै ६३४ गोल गरेका छन। उनले क्लबबाट ३४ मुख्य उपाधि जितेका छन। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि सामेल छ।

त्यसबाहेक मेस्सीले बार्सिलोनामा राखेका कीर्तिमान-

- ला लिगाका सबैभन्दा बढी गोलकर्ता(४४४)

सबैभन्दा बढी बालोन डी ओर/ फिफा विश्व वर्ष खेलाडी/वेष्ट फिफा मेन्स प्लेयर अवार्ड(६)

- एक क्यालेन्डर वर्षमा सबैभन्दा बढी गोलस्कोरर: २०१२ मा ७९ गोल

- १० सिजनमा लगातार ४० भन्दा बढी गोल गर्ने एक्ला खेलाडी

- च्याम्पियन्स लिगमा एउटै क्लबबाट सर्वाधिक गोल स्कोरर(११५)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad