समाज


भरतपुरबाट फरार कोरोना संक्रमित नुवाकोटमा पक्राउ परे

भरतपुरबाट फरार कोरोना संक्रमित नुवाकोटमा पक्राउ परे

नेपालखबर
भदौ १०, २०७७ बुधबार १२:४८,

चितवनस्थित भरतपुरमा रहेको आइसोलेसनबाट फरार भएका एक संक्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ।

बेलकोटगढी नपा–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने गाडीमा काम गर्दै आएका १९ वर्षीय जोयल भन्ने सुनिल परियारलाई बुधबार बेलकोटगढी–६ सुकौरा खोलाको किनारबाट पक्राउ गरेर त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णुहरि फुँयालले जानकारी दिए।

यही भदौ ६ गते कोभिड–१९ संक्रमित भएको पुष्टि भएका परियारलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षामा राखिएको थियो। उनी मंगलबार बिहान ६ः०० बजे आइसोलेसनबाट फरार भएका थिए। फरार संक्रमितलाई प्रहरीले स्वास्थ्य मापदण्ड पुरा गरी पक्राउ गरेको जनाएको छ।

फरार संक्रमितको कन्ट्याक ट्रेसिङको कार्य भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad