किके सेतिनलाई बर्खास्त गरेपछि बार्साले कोम्यान जो बार्साकै पूर्व खेलाडी पनि हुन् उनलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।
५७ वर्षका कोम्यान र बार्साबीच सन् २०२२ सम्मको लागि सम्झौता भएको बार्साको आधिकारीक वेबसाइटमा जनाइएको छ।
बार्साले भनेको छ,‘बार्सालाई पहिलोपटक युरोपियन कपको उपाधि दिलाउने नायक फेरि क्याम्प नाउ फर्किएका छन्।’
कोम्यानसँग २० वर्षको प्रशिक्षण अनुभव छ। बार्सामा अनुबन्ध हुन अगाडि कोम्यानले नेदरल्यान्ड्सको राष्ट्रिय प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।
हालै जर्मन क्लब बार्यन म्युनिखसँग च्याम्पियन्स लिगमा ८–२ ले पराजित भएसँगै बार्साले किके सेतिनलाई बर्खास्त गरेको थियो।
सेतिनले ७ महिनाको प्रशिक्षणमा बार्सालाई कुनैपनि उपाधि दिलाउन सकेनन्। ला लिगामा बार्सा यस सिजन दोस्रो स्थानमै सिमित हुँदा, च्याम्पियन्स लिगको क्वार्टर फाइनलबाट बाहिरियो, कोपा डेल रेमा पनि बार्सा क्वार्टर फाइनलबाटै बाहिरिएको थियो।
Shares
प्रतिक्रिया