खेल


राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना पुष्टि

राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना पुष्टि

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ८:११,

राष्ट्रिय फुटबल टोलीका एक खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विश्वकप छनोटअन्तर्गत बन्दसत्रका लागि बोलाइएका ३४ खेलाडीसहित ५४ जनाको कोरोनाको पीसीआर परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको हो।

५४ जनाको सोमबार र मंगलबार ललितपुरस्थित पाटन अस्पतालमा स्वाब संकलन गरिएकोमा बुधबार र बिहीबार रिपोर्ट आएको थियो।

एन्फाले बिहीबार ५३ जनाको नेगेटिभ रिपोर्ट आएको र एक जनाको पुनः फलोअप परीक्षण गर्नुपर्ने देखिएको बताएको थियो।

एक खेलाडीको नतिजा शंकास्पद आएपछि उनको पुनः परीक्षण गर्दा बिहीबार राति पोजेटिभ रिपोर्ट आएको पाटन अस्पताल स्राेतले जानकारी दिएको छ।

अस्पताल स्राेतले नेपालखबरसँग भन्याे, ‘एक जना खेलाडीकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे छ, उनलाइ कहाँ राख्नेबारे स्वास्थ्य मन्त्रालयसँग छलफल गरिरहेका छाैँ।’

खेलाडीहरु साउन १७ देखि क्वारेन्टिनमा बस्दै आएका थिए।

तर फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एफसी)ले छनोट चरणका खेलहरु २०२१ सम्मका लागि स्थगित गरेपछि एन्फाले खेलाडीलाई घर जान अनुमति दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad