समाज


तरकारी संकलन केन्द्रको भवन फोरेर मोटरसाइकलमा आगजनी

तरकारी संकलन केन्द्रको भवन फोरेर मोटरसाइकलमा आगजनी

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ८:१९,

गुल्मीमा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेको छ। जिल्लाको रेसुंगा नगरपालिका–४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा आगो लगाइएको हो।

लु३९प ५२४३ नम्बरको मोटरसाइकलमा गए राति करिब २ बजे आगो लगाइएको पन्थीले बताए। पन्थीटोलमै बनाइएको तरकारी संकलन केन्द्रको भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडा पुनले जानकारी दिए।

घटनाका विषयमा प्रहरीले मुचुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताए। आगजनीबाट मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ। यसअघि गत असार १७ गते भवनबाटै पन्थीको मोटरसाइकल निकाली बाटामा फालिएको थियो भने त्यसको एक हप्तापछि उहाँको बारीको तरकारीको बिरुवामा क्षति पु¥याइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad