खेल


तलब बाँड्न खेलाडीलाई सम्पर्क गर्दै क्यान, हस्ताक्षरका लागि बोलायो

तलब बाँड्न खेलाडीलाई सम्पर्क गर्दै क्यान, हस्ताक्षरका लागि बोलायो

नेपालखबर
साउन २९, २०७७ बिहिबार १२:३६,

नेपाल क्रिकेट संघ (क्यान)ले २०१९ को तलब वितरण गर्न प्रक्रिया सुरु गरेको छ। क्यानले तलबका लागि उपत्यकामा उपलब्ध तीन श्रेणीका खेलाडीलाई हस्ताक्षरका लागि कार्यालयमा बोलाएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए।

‘अहिले कोरोना भाइरसको संक्रमणका कारण सबै खेलाडी यहाँ छैनन् तर जति छन् ती सबैलाई बोलाएका हौं। यहाँ रहनुभएका खेलाडीहरु आउनु भएको छ’, उनले भने।

कोरोना भाइरसको महामारीकै समय भए पनि २०१९ को तलब वितरणका लागि प्रक्रिया सुरु गरेको प्याकुरेलले बताए। क्यानले सबै प्रक्रिया पूरा गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा पठाउनेछ।

आईसीसीले सम्झौतामा रहेका खेलाडीको प्रक्रिया पूरा गरेर तलब पठाउनेछ।

पुरुषतर्फ २०१९ मा २४ खेलाडीसँग सम्झौता रहेको थियो। सम्झौतामा रहेका खेलाडीमध्ये ए ग्रेडले ३५, बी ग्रेडले २५ र सीले १५ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad