नेमारले बार्सिलोना आउने चाहना राखिरहँदा बार्साले एन्टोनी ग्रीजम्यान अनुबन्ध गरेको छ। यस्तो अवस्थामा मार्सेलोले नेमार मड्रिड आउनु पर्ने धारणा राखेका छन्।
यद्यपी मड्रिडले समेत यस सिजन इदेन ह्याजार्ड लगायत अन्य खेलाडी अनुबन्ध गरिसकेको छ। मार्सेलोले नेमार उत्कृष्ट खेलाडी भएको बताए।
नेमार र मार्सेलो ब्राजिलको राष्ट्रिय फुटबल टोलीबाट सँगै खेल्छन्। ‘नेमार मड्रिडमा आए आफू म खुशी हुन्छु।’ उनले भने,‘नेमार अप्रत्याशित खेलाडी हुन्। मड्रिडले नेमारजस्तो स्टार खेलाडी अनुबन्ध गर्न जे पनि गर्नुपर्छ।’
बार्सा र मड्रिड प्रतिस्पर्धी क्लब हुन्। नेमार उत्कृष्ट भएकाले नेमारले बार्सामा खेलेको भुलेर भएपनि मड्रिडले नेमार अनुबन्ध गर्नुपर्ने मार्सेलोको भनाइ छ।
नेमार रोक्नै नसकिने खेलाडी भएको मार्सेलोको भनाइ छ। नेमार र ह्याजार्ड को उत्कृष्ट भनेर मार्काले गरेको प्रश्नमा मार्सेलोले भने,‘दुवै उत्कृष्ट छन्। दुवै स्टार हुन्। तर मेरो लागि नेमार अतुलनिय छन्।’

प्रतिक्रिया