खेल


चिनियाँ कम्पनीले छोडेपछि आईपीएलको मुख्य प्रायोजनका लागि आवेदन मागियो

चिनियाँ कम्पनीले छोडेपछि आईपीएलको मुख्य प्रायोजनका लागि आवेदन मागियो

नेपालखबर
साउन २७, २०७७ मंगलबार ६:५५,

इण्डियन प्रिमियर लिग (आईपीएल)को मुख्य प्रायोजनको लागि आवेदन माग गरिएको छ। आईपीएलको मुख्य प्रायोजकबाट चाइनिज कम्पनी भिभोले साथ छोडेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टाइटल स्पोन्सरको लागि सोमबार आवेदन माग गरेको हो।

आईपीएलका प्रमुख ब्रिजेश पटेलले सोमबार भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै मुख्य प्रायोजक बन्नका लागि केही शर्तहरु राखेका छन्।

trophy ipl 66

आईपीएलको मुख्य प्रायोजक बन्नका लागि ३ सय करोड रुपैयाँभन्दा बढी मूल्य तोकिएको छ। मुख्य प्रायोजक बन्न चाहने कम्पनीले ७ दिनभित्र आवेदन दिन सक्नेछन्। मुख्य प्रायोजकले र बीसीसीआईबीच आईपीएलका लागि करार अवधि १८ अगष्ट २०२० देखि ३१ डिसेम्बर २०२० सम्म मात्र रहनेछ।

लद्दाखमा भारत र चीनका सैनिकबीच भएको झडपपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको छ। सोही कारण भारत सरकारले चिनियाँ सामाजिक सञ्जाललगायत ६० वटा एप्लिकेसन भारतमा बन्द गराएको छ। त्यही माहोलमा मुख्य प्रायोजक चाइनिज कम्पनी भिभोले आईपीएलबाट आफूलाई अलग गरेको हो। जसका कारण बीसीसीआईलाई भारतीय ४ सय ४० करोड रुपैयाँ घाटा भएको छ।

बीसीसीआईले भिभोले साथ छोडेर आफूहरुलाई कुनै फरक नपर्नेे बताएका छन्। आगामी साता नै आफूहरुले मुख्य प्रयोजक घोषणा गर्ने आईपीएलका प्रमुख पटेलले बताए। बीसीसीआई १८ अगष्टमा नयाँ प्रायोजक घोषणा गर्ने तयारीमा छ।

trophy ipl 67

उनले भने, ‘भिभो अलग भएर केही समस्या छैन। अरु थुप्रै कम्पनीहरुले इच्छा जनाएका छन्। त्यसमा भारतीय होस् वा विदेशी कम्पनी जुन भए पनि जसले धेरै बोली लगाउँछ, उसले नै मुख्य प्रायोजकको अधिकार पाउँछ। यो सबै प्रक्रिया १८ अगष्टसम्म पूरा हुनेछ।’

हाल पतञ्जली, एमेजोन, जियोलगायतका कम्पनीले आईपीएलको मुख्य प्रायोजक बन्न इच्छा देखाएको बीसीसीआईले बताएको छ।

यो संस्करणको आईपीएल संयुक्त अरब इमिरेन्ट्स (यूएई)मा हुनेछ। जसको लागि भारतीय सरकारले पनि अनुमति दिइसकेको छ। योसँगै आईपीएल तेस्रो पटक देश बाहिर हुनलागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .