फिफा विश्वकप छनोट खेल्ने खेलाडीको कोरोनाको पीसीआर परीक्षण सुरु गरिएको छ।
पहिलो चरणमा ११ खेलाडी, प्रशिक्षक र अफिसियल गरी २५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
ललितपुरको पाटन अस्पतालमा सोमबार रञ्जित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको स्वाब संकलन गरिएको हो। यस्तै प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविष्कार पुडासैनीको स्वाब लिइएको छ।
होस्टल स्टाफ ६ जना, सरसफाइ गर्ने २ जना र केयर टेकर ४ जना गरि २५ जनाको स्वाब संकलन गरिएको हो। दोस्रो चरणमा बाँकी खेलाडी, प्रशिक्षक र अफिसियलको स्वाब संकलन भाेलि गरिने एन्फाले जनाएको छ।











3
Shares

प्रतिक्रिया