मुखर्जी आफैंले ट्वीट गर्दै आफूमा कोरोनाको संक्रमण भएको पुष्टि गरेका छन्।
उनले पछिल्लो हप्तादेखि आफूसँग सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र कोरोना परीक्षण गराउन अनुरोध पनि गरेका छन्।
भारतमा पछिल्लो समय कोरोनाले बिकराल रुप लिँदै गएको छ। केही समय अगाडि भारतका गृहमन्त्री अमित शाहलाई पनि कोरोना संक्रमण भएको थियो।
On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today.
I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee
कोरोनाले सबैभन्दा ग्रस्त मूलुकको तेस्रो स्थानमा रहेको भारतमा २२ लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यहाँ ४४ हजार ४९९ को मृत्यु भइसकेको छ भने १५ लाख ३६ हजार उपचारपछि स्वस्थ बनेका छन्।
Shares

प्रतिक्रिया