ad ad

खेल


विश्वकप छनोट खेल्ने ११ खेलाडीको पीसीआर परीक्षण सुरू

विश्वकप छनोट खेल्ने ११ खेलाडीको पीसीआर परीक्षण सुरू

नेपालखबर
साउन २६, २०७७ सोमबार ७:४६,

फिफा विश्वकप छनोट खेल्ने खेलाडीको कोरोनाको पीसीआर परीक्षण सुरु गरिएको छ।

पहिलो चरणमा ११ खेलाडी, प्रशिक्षक र अफिसियल गरि २५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अखिल नेपाल फुटबल संघ एन्फा का प्रवक्ता किरण राइले जानकारी दिए।

ललितपुरको पाटन अस्पतालमा सोमबार रंजित धिमाल, मिक्चेन तामाङ, विशाल राई, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको परिक्षण गरिएको हो। यस्तै प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविश्कार पुडासैनीको स्वाब संकलन गरिएको छ।

होस्टल स्टाफ ६ जना, सरसफाइ गर्ने २ जना र केयर टेकर ४ जना गरि २५ जनाको स्वाब संकलन गरिएको हो।

‘पहिलो चरणमा होटलमा क्वारेन्टिन बसिरहेका खेलाडीको पीसीआर गरिएको हो। अन्य खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टल स्टाफहरुको भोलि पीसीआर स्वाब संकलन गरिनेछ’ प्रवक्ता राइले भने।

अहिले ११ खेलाडी होटलमा बसेका छन्। २२ जना खेलाडी घरमा नै होम क्वारेन्टिनमा छन्। भदौ १ गतेबाट प्रशिक्षण सुरु गराउने तयारीमा रहेको राष्ट्रिय टोलीका खेलाडीहरु अहिले क्वारेन्टिनमा छन्।

विश्वकप छनोटअन्तर्गत नेपालले ३ वटा होम म्याच खेल्न बाँकी छ। नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ। त्यसको ५ दिनपछि अर्थात असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ।

कात्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ।

विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो। नेपालले एक मात्र खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो। त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए। ५ राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .