ad ad

खेल


टेबल टेनिसका खेलाडी अभ्यासमा फर्किए

टेबल टेनिसका खेलाडी अभ्यासमा फर्किए

नेपालखबर
साउन २१, २०७७ बुधबार ९:२,

सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि जुरमुराउन थालेका छन्। फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारिन्टिनमा राखिसकिएको छ भने ब्याड्मिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ। बुधबारबाट टेबल टेनिसले पनि समूह समूहमा खेलाडीलाई अभ्यास गराउन थालेको छ।

करिब चार महिना लामो लकडाउनका कारण घरेलु अभ्यासमा खुम्चिएका टेबल टेनिस खेलाडी बुधबारबाट अभ्यासमा फर्किएका छन। कोरोना महामारीका कारण गत चैत ११ गतेबाट जारी भएको लक डाउनका कारण सम्पूर्ण खेलकुद गतिविधिहरु ठप्प भएका थिए। बुधबारबाट लैनचैर स्थित टेबल टेनिस कोर्टमा टेबल टेनिसको अभ्यास सुरु भएको छ।

नेपाल टेबल टेनिस संघले खेलाडीलाई समूह समूहमा विभाजन गरी अभ्यास थालेको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दा राजवैद्यले बताए। अहिले १६ जना खेलाडीहरुका लागि अभ्यास सुरु गरिएको उनले बताए।

बुधबारबाट सुचारु भएको अभ्यासमा पहिलो दिन थोरै मात्र खेलाडी अभ्यासमा देखिएका थिए। यद्यपि उपस्थित खेलाडी खुसी देखिन्थे। फिटनेस र अभ्यासको आवश्यकता ठानेका खेलाडी, संघले गरेको निर्णयमा खुसी त छँदै छन् संघले चालेको कदममा उत्साहित पनि थिए। विश्व नै कोरोनासँग जुधिरहेका बेला स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खेलाडीहरु अभ्यासमा फर्किन पाउँदा खुसी देखिन्थे।

खेलकुद क्षेत्र ठप्प प्रायः भइरहेको अवस्थामा नेपाल टेबल टेनिस संघले खेलाडीलाई अभ्यासमा बोलाएको पहिलो दिन केही खेलाडीले अभ्यास गरेका थिए। महामारीले नराम्रोसँग असर पारेको खेलकुदमा सावधानी अपनाउँदै खेलाडीलाई प्रशिक्षण सुरु गरिएको टेबल टेनिस संघका मुख्य प्रशिक्षक सञ्जीव ढुंगेलले बताए।

राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएका आवश्यक स्वास्थ्य सामग्रीको सहयोगमा खेलाडीहरुको ज्वरु नाप्ने, स्यानिटाइजर प्रयोग गरेर अहिले केही सीमित खेलाडीहरुका लागि अभ्यास सुरु भएको उनले बताए।

ब्याडमिन्टन, कराते, फुटबल बाहेक अन्य खेलले अहिलेको अवस्थामा अभ्यास थाल्ने शुभसाइत कुरिरहेका छन्। क्रिकेटका केही खेलाडीले आफू अनुकुल कीर्तिपुरमा अभ्यास गरिरहेका छन् भने केही समूहगतका खेलले भदौ पहिलो साताको समय पर्खिरहेका छन्। तर काठमाडौं उपत्यकामा पछिल्लो दिन यता बढेको संक्रमणले थप अन्योलता भने थपेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .