संगठनकाअनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ८७ लाख ९ हजार १६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन्।
सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २२४ व्यक्ति कोरोना मुक्त भएका छन्।
विश्वभरमा ६० लाख ७८ हजार ४९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६५ हजार ३३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ्।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४२० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २०९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ। रासस/एएफपी

प्रतिक्रिया