कोरोना भाइरसको सक्रमणका कारण अष्ट्रेलिया र वेस्ट इन्डिजबीच हुने भनिएको टि–२० सिरिज स्थगित भएको छ।
सिरिज अष्ट्रेलियामा अक्टोबर ४, ६ र ९ मा हुने तय थियो।
सिरिजलाई अक्टोबर १८ देखि हुने टि–२० विश्वकपको अभ्यासको रुपमा लिइएको थियो। तर विश्वकप स्थगित भएपछि सिरिजलाई पनि स्थगित गरेको क्रिकेट अष्ट्रेलियाले जनाएको छ।
टि–२० विश्वकप २०२१ सम्मका लागि सारिएको छ। टि–२० सिरिज स्थगित भएसँगै इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि बाटो खुलेको छ।
आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईका ३ सहरमा हुँदैछ।
प्रतिक्रिया