ad ad

समाज


भारतपछि चीनको युनान पुग्यो सलह फट्यांग्रा

भारतपछि चीनको युनान पुग्यो सलह फट्यांग्रा

नेपालखबर
साउन २०, २०७७ मंगलबार ८:३३,

कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन््।

मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ।

स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छर्कनेक्रम जारी रहेको छ। यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो। सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन्।

विज्ञहरुको भनाईमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ।

हालैमात्र सलह फट्यांग्राले भारतका बालिनालीमा पनि ठूलो क्षति पुर्याएको थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .