ad ad

खेल


सर्वोच्चद्वारा एन्फाका नाममा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा एन्फाका नाममा कारण देखाऊ आदेश जारी

नेपालखबर
साउन १६, २०७७ शुक्रबार १३:४६,

 सर्वोच्च अदालतले भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठनका विषयमा एन्फालाई कारण देखाउन आदेश जारी गरेको छ।

भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठन हुनुअघिका अध्यक्ष गौतम सुजखुले अन्तरिम आदेश माग गर्दै हालेको रिटमा न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले बिहीबार एन्फाका नाममा कारण देखाउन आदेश जारी गरेको हो।

अन्तरिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले एन्फालाई आदेश दिएको छ।

त्यस्तै सुजखुले माग गरेजस्तो अन्तरिम आदेशको मागका विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई साउन २१ गतेका लागि डाकेको छ।

एन्फाले असार २ गते भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठन गरेको थियो।

एन्फा कार्यसमितिको आपतकालीन बैठकले किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ समिति गठन गरेको थियो।

116652755_2538739096424865_5176490453043553115_n.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .