राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जानु अघि बुधबार पत्रकार सम्मेलन गर्दै मैदानमा कार्यरत कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन्। सन्दीप भोलि वेष्ट इण्डिज प्रस्थान गर्दैछन्।
त्रिवि क्रिकेट मैदानमा हाल १५ जना कर्मचारी छन्। पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोनाले प्रभावित भएको बेला उहाँहरुलाई धेरै कठिन भयो होला, हामी आउँदा सधैँ पिच र मैदान तयार पार्नुहुन्छ। मैले आफ्नो तर्फबाट सक्ने सहयोग गर्न चाहन्छु।
सीपीएल खेल्न जानका लागि कोरोना परीक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएको छ। सीपीएलमा सन्दीपलाई जमैका तलावाजले एक करोड भन्दा बढी रकममा अनुबन्ध गरेको छ।
सन्दीप भोलि बिहीबार १० बजे कोरियन एयरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार वेस्टइन्डिज पुग्नेछन्। सन्दीप १४ दिन क्वारेन्टीन बस्ने छन्। सीपीएल भदौ २ देखि २५ सम्म ट्रीनिडाड एन्ड टोबेगोमा हुँदैछ।
प्रतिक्रिया