ad ad

राजनीति


जर्मनीबाट १२ हजार अमेरिकी सैनिक हटाइँदै

जर्मनीबाट १२ हजार अमेरिकी सैनिक हटाइँदै

नेपालखबर
साउन १४, २०७७ बुधबार १४:४४,

अमेरिकाले जर्मनीमा राखिएकामध्ये आफ्ना १२ हजार सैनिकलाई त्यहाँबाट हटाउने भएको छ।

तीमध्ये ६ हजार ४ सय सैनिकलाई अमेरिका नै फर्काइने छ भने ५ हजार ६ सयलाई युरोपकै अन्य मुलुकमा स्थानान्तरण गरिनेछ।

जर्मनीले रक्षा क्षेत्रमा पर्याप्त बजेट खर्च गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीबाट अमेरिकी सेना हटाउने माग राखेपछि पेन्टागनले यस्तो योजना सार्वजनिक गरेको हो। तर, यो योजना पूर्ण कार्यान्वयन हुन वर्षौँ लाग्ने बताइएको छ।

जर्मनीमा हाल करिब ३६ हजार अमेरिकी सैनिक छन्। यो योजना कार्यान्वयनपछि पनि त्यहाँ २४ हजार अमेरिकी सैनिक रहने छन्।

‘उनीहरुले आफ्नो बिल तिरिरहेका छैनन्, त्यसैले हामी हाम्रो सैनिक हटाउँदैछौँ,’ ट्रम्पले बुधबार पत्रकारहरुलाई भने, ‘उनीहरुले बिल तिर्न थाल्ने हो भने यो निर्णयमा पुनर्विचार गर्न सकिन्छ।’

सैनिक स्थानान्तरणका लागि अर्बौँ डलर खर्च हुने रक्षामन्त्री मार्क एस्पेरले बताए।

पछिल्लो समय अमेरिकाले पोल्यान्डमा सैनिक संख्या बढाउने योजना बनाइरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .